प्रतिबेदन प्रश्नहरुको अध्यक्ष दाहालद्धारा जवाफ, सरकारको बचाउमा लाग्न कार्यकर्ताहरुलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रतिबेदन प्रश्नहरुको अध्यक्ष दाहालद्धारा जवाफ, सरकारको बचाउमा लाग्न कार्यकर्ताहरुलाई आग्रह

nekapa

काठमाडौं, ११ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको बचाऊ र प्रचारमा एकतावद्ध भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

पार्टी स्थायी कमिटी बैठकमा नेताहरुबाटै सरकारको चर्को आलोचना भएपछि अध्यक्ष दाहालले बुधबारको बैठकमा सरकारको रक्षा र प्रचारमा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् ।

पार्टी स्थायी कमिटीका सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले बैठकमा व्यक्त विचार, सुझाव र आलोचनालाई समावेश गर्दै सो प्रतिवेदनलाई परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । स्थायी कमिटीका सदस्यहरुले राखेका विचार, सुझाव र आलोचनालाई समेत समावेश गरेर राजनीतिक प्रतिवेदनलाई पूर्णता दिने प्रतिवद्धता अध्यक्ष दाहालले व्यक्त गरेका पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष दाहालले पार्टी स्थायी कमिटीको जारी बैठकले पार्टीलाई एकतावद्ध मात्रै बनाउने नभई सरकारलाई सफल बनाउन पनि बलियो आधार प्रदान गरेको स्पष्ट पारे । अध्यक्ष दाहालले बैठकमा पार्टी नेतृत्वले गरेको गल्ती औंल्याउने काम समेत स्थायी कमिटी बैठकमा भएको भन्दै त्यसलाई सच्याउँदै अघि बढने धारणा पनि राखेका प्रवक्ता श्रेष्ठले बताए ।

अर्का अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्थायी कमिटीका सदस्यहरुले प्रतिबेदनमाथि उठाएका प्रश्नहरुको जवाफ बिहिवार दिनुहुने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);