मेलम्चीको सपना पूरा हुन अझै कति कुर्नुपर्ने हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मेलम्चीको सपना पूरा हुन अझै कति कुर्नुपर्ने हो ?

melamchi

सीता शर्मा
काठमाडौं, ११ पुस । काठमाडौंबासीले पानि आउने दिनगन्ती सुरु गरेका बेला अन्तिम समयमा आएर ठेकदारले काम छोडिदिदा मेलम्ची खानेपानी आयोजना फेरी अन्यौलमा परेको छ । अन्तिम चरणमा पुगेको काम अहिले आएर अन्यौल हुनु सरकार कै लापरवाहि भएको सरोकारवालाहरुले बताएका छन् ।

मेलम्ची खानेपानी को काम अन्तिम समयमा आएर फेरी रोकिएको छ । मेलम्ची देखि सुन्दरीजलसम्मको साढे २७ किलोमिटर सुरुङ खन्ने जिम्मा पाएको इटालियन सिएमसी कम्पनीले अन्तिम समयमा आएर काम गर्न नसक्ने बताएपछी मेलम्ची खानेपानीको काम रोकिएको हो । भुक्तानीको कारण देखाउदै सीएमसी का कर्मचारीहरु भाग्न खोजेपछी प्रहरीले उनिहरुलाई नियन्त्रण लिएको त थियो तर अब मेलम्चीको काम कसरी अगाडी बढ्छ भन्ने विषय भने अन्यौल नै छ ।

आयोजनामा संलग्न नेपालका पेटी ठेकदारहरुले भने सरकार कै लापरवाहि को कारण मेलम्चीको काम रोकिएको बताएका छन् । आयोजनामा आवद्ध ४२ वटा कम्पनीका पेटी ठेकेदारहरुले सो ठेक्का विघटन भए त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन दिएका छन् ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितीले अबको केहि महिनामा नै काठमाडौबासीले मेलम्चीको खानेपानी आउने आश्वासन दिएको भएपनी अहिले सुरुङलाई अन्तिम रुप दिने काम बाँकी छ । ७ अर्ब ७२ करोड लागतमा ३ बर्ष भित्र काम सक्ने गरि २०७० सालमा ठेक्का पाएको इटालीयन सीएमसी कम्पनीले सुरुङको काम नसक्दै यसबाट हात झिकेको हो ।

सरकारले सीएमसी कम्पनीलाई भुक्तानी नदिएकाले उक्त कम्पनीबाट पेटी ठेकेदारहरुको भनाई छ । स्वदेशी ठेकेदारको रकम डुब्न नदिन सरकारले जिम्मेवार संयन्त्र निमार्ण गरेर काम गनुपर्ने विज्ञहरुको सुझाव छ ।

सरकार र निमार्ण कम्पनीको लापरवाहिका कारण मेलम्चीको खानेपानी आयोजनाको काम बेला बेलामा यसैगरी रोकिदै आएको छ । सरकार र निमार्ण कम्पनीले एक अर्काेलाई दोष लगाउदै आयोजना ढिलाई हुँदा लागत खर्च पनी बढ्दै गएको छ । मेलम्चीको काम अन्तिम चरणमा आइपुग्न लाग्दा मेलम्चीको कामको गतीलाई देखेर काठमाडौबासी भने मेलम्ची को पानी आफ्नो धारामा आउने कुरामा विश्वत हुन सकेका छैनन । सरकार नै जिम्मेवार बन्न नसकेको आरोप काठमाडौंबासीको छ ।

आफु टाट पल्टिएको घोषणा गरेको सीएमसीले काम नगरे अब आयोजना कसरी अगाडी बढ्ला भन्ने निक्र्याैल हुन सकेको छैन । काठमाडौंबासीले वर्षाै देखि देखेको मेलम्चीको सपना पूरा हुन अझै कति प्रतिक्षा गनुपर्ने हो ? ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);