तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी पनि काठमाडौं झार्छौं : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी पनि काठमाडौं झार्छौं : प्रधानमन्त्री ओली

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन वर्षभित्र याङग्री र लार्केको पानी पनि काठमाडौं झारिने उद्घोष गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बि.सं २०८१ सालसम्म याङग्री र लार्केको पानी पनि काठमाडौंमा झारिने बताएका हुन् । यसका लागि तदारुकताका साथ काम सम्पन्न गर्न खानेपानी तथा सरसफाई मन्त्रालयलाई उनले निर्देशन दिएका छन् । उनले भने– ‘प्राविधिक रुपमा कति समय लाग्छ मलाई थाहा छैन, तर यो काम तीन वर्षभित्र सम्पन्न हुनुपर्छ, यसका लागि मन्त्रालयले तदारुकतासाथ काम गर्नुपर्छ ।’

मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा झार्नु विशेष र खुशीको दिन भएको उनले बताए । मेलम्चीको पानी पिउन पाउने काठमाडौंबासीलाई उनले बधाई समेत दिए । उनले भने– ‘विशेष खुशीको दिन हो आज, हार्दिक बधाई काठमाडौंबासीलाई खानेपानीको सुविधा क्रमश प्राप्त गर्नुहुनेछ, केही समयमा पूर्ण रुपमा प्राप्त गर्नुहुनेछ ।’ विकास आयोजनामा सरकार थप एक कदम अगाडि बढेको पनि प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले आयोजनाका कामको शिलशिलामा प्राविधिक त्रुटिका कारण जीवन गुमाउने दुई कर्मचारीमा श्रद्धासुमन व्यक्त गरे । लापरबाहीकै कारण सो दुर्घटना भएको पनि उनले बताए ।

प्रधानमन्त्रीले आज मात्रै साढे ८ करोड लिटर पानी वितरण भएको भन्दै विस्तारै बढाएर दैनिक १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);