समृद्धिको अर्थ ठूला भवन र बाटोघाटो मात्र होइन : दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

समृद्धिको अर्थ ठूला भवन र बाटोघाटो मात्र होइन : दाहाल

काठमाडौं, २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुखहरु पनि सेटिङमा चल्ने गरेको दाबी गरेका छन् ।

बुद्धिजीवी माणिकलाल श्रेष्ठलाई श्रद्धाञ्जली दिन आयोजना गरिएको शोकसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन् । देश नियम कानुन र संविधान अनुसार नभएर सेटिङका आधारमा चल्न थालेको उनको दाबी छ । उनले भने– ‘देशभित्रका, बाहिरका तथा संवैधानिक निकायका प्रमुखहरुको सेटिङ हुने गरेको छ ।’

अध्यक्ष दाहालले काठमाडौंको नेवार समुदायका ऐतिहासिक परम्परा र संस्कृतिलाई भत्काउने र मिच्ने काम गरेको आरोप पनि लगाएका छन् । नेवार समुदायलाई जे गरे पनि हुन्छ भन्ने व्यवहार गरिएको आरोप लगाउँदै उनले भने–‘विकासको नाममा नेवारका सांस्कृतिक सम्पदा नष्ट गर्ने प्रवृत्ति बढेको छ ।’

गुठी विधेयक फिर्ता लिइएन भने म आफैं आन्दोलनमा उत्रन्छु भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिनुभएको पनि दाहालको दाबी छ ।

अध्यक्ष दाहालले संसद पुनस्र्थापना भए पनि प्रतिगमनकारी षड्यन्त्र नरोकिएको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र माथि निर्मम प्रहार भएको र अनेक षड्यन्त्र रचिँदै गरेको उनको भनाई छ ।

समृद्ध नेपालको सपना, समृद्धिको अर्थ ठूला भवन र बाटोघाटो मात्र होइन भन्ने विचार राख्दै उनले भने–‘विकास र समृद्धिको अर्थ मानिसहरुको आत्मिक चेतना, आत्मिक अनुशासन, उसको सांस्कृतिक जीवन कति स्वच्छ निष्कलंक छ, अरुको दुखकष्टमा साथ सहयोग गर्न कति तत्पर छ, त्यसबाट बढी जाँचिन्छ ।’ ‘भौतिक वैभव मात्र विकास र समृद्धिको आधार होइन’– दाहालले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);