राम्रो दिमाग भएका मान्छे मेरै पक्षमा छन्–दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

राम्रो दिमाग भएका मान्छे मेरै पक्षमा छन्–दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि नेपालका बुद्धिजिवीहरु आफ्नै पक्षमा भएको दाबी गरेका छन् ।

शुक्रबार बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिताको बौद्धमा उद्घाटन गर्दै अध्यक्ष दाहालले भने–‘नेपालका सबैभन्दा राम्रा दिमाग भएका मानिसहरु मेरै पक्षमा छन्, त्यसैले प्रतिनिधि सभा विघटनविरुद्ध उनीहरु मेरै पक्षमा उभिए ।’

सबै बौद्धिक तप्का, खेल क्षेत्र, नागरिक अगुवा र विज्ञहरु अलोकन्तान्त्रिक, असंवैधानिक, निरंकुश र तानाशाही कदमको विरोधमा गएपछि अन्ततः अदालतले पनि प्रतिनिधि सभा पुर्नस्थापना गर्ने निर्णय गरेको दाहालको भनाई छ ।

अहिलेको शासन व्यवस्था कुनै एक दल वा व्यक्तिको बलले मात्र स्थापना नभएको दाबी गर्दै अध्यक्ष दाहालले भने –‘आजको परिस्थिति कुनै एउटा पार्टी विषेश र नेता विशेषले ल्याएको होइन ।’

देशमा अहिले दुईवटा धार देखिएको प्रचण्डले बताउनुभयो । देशको आत्मसम्मानसहित सबै क्षेत्रलाई सुदृढिकरण गर्ने एउटा धार र देशलाई पश्चगमनमा लैजाने अर्को धार देखिएको दाहालले बताए । संघीयतालाई खारेज गर्दै स्थानीय तहमा गएको अधिकार खोसेर फेरि केही केन्द्रका सीमित मानिसको हातमा लिने षडयन्त्र भइरहेको आरोप समेत लगाएका छन् ।

खेल क्षेत्रको विकासका लागि नेपाल ज्यादै अनुकूल ठाउँ भएको उनको भनाई छ । जुडो, कराँते लगायत खेलमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छवि बनाउन सकेको उनले बताए । ‘यो क्षेत्रले राष्ट्को निम्ति राम्रो योगदान गरेको छ’– दाहालले भने ।

खेल क्षेत्र देशको अर्थतन्त्रको विकासमा समेत सहयोग गर्ने क्षेत्र भएको उनको तर्क छ । खेल क्षेत्र केन्द्र, प्रदेश र स्थानीय तहसम्म व्यवस्थित हुनुपर्ने उनको भनाई छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);