झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणी–‘प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्’ | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणी–‘प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्’

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले केहीले पार्टीभित्र कलह र जनतामा निराशा बाढ्ने काम गरिररहेको आरोप लगाउनुभएको छ ।पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बुझाएको ३६ बुँदे आरोपपत्रलाई लक्षित शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो टिप्पणी गर्नुभएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता खनाल प्रतिक्रियावादीसँग मिलेर पार्टीमा विचलन ल्याउन उद्द रहेको दाहालको आरोप छ । उहाँले कम्युनिष्ट पार्टीहरुले इतिहासमा भोगेका अनुभवहरु नबिर्सन समेत आग्रह गर्नुभयो ।

केही दिनअघि नेता खनालले संयोजक दाहाललाई लेखेको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र सङ्गठनात्मक पुनर्गठन गर्न नसकेको गम्भीर आरोप लगाउनुभएको थियो । पार्टीको अन्तरिम विधानलाई सार–सङ्ग्रहवादी खिचडी विधानको संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने खनालको दाबी थियो ।संयोजक दाहालले प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगर्न अपिल समेत गर्नुभयो ।

Leave a Reply