सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौं ।

राष्ट्रिय सभाले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रवार बसेको सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रश्तुत गर्नुभएको उक्त अध्यादेशलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । अध्यादेशमाथि सदनमा उठेका जिज्ञासाहरूको जवाफ दिँदै मन्त्री गौतमले विकास निर्माणका कार्यहरूमा देखिएका कानूनी गाँठो फुकाउन र पूर्वाधार निर्माणलाई गति दिन सरकारले अध्यादेशको मार्ग रोज्नुपरेको स्पष्ट पार्नुभयो ।

मन्त्री गौतमले सार्वजनिक खरिद ऐनलाई पूर्ण रूपमा पुनरावलोकन गरी नयाँ विधेयक ल्याउने तयारी भइरहेको भएपनि तत्कालका बाधा अड्काउ फुकाउन अध्यादेश ल्याइएको बताउनु भयो । उहाँले प्रतिस्थापन विधेयक ल्याउँदा सांसदहरूले उठाएका जायज माग र संशोधनका विषयहरूमा घनिभूत छलफल गरी राष्ट्रहितको पक्षमा निर्णय लिइने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । काममा हुने ढिलासुस्तीलाई भ्रष्टाचारकै एक रूप मान्नुपर्ने तर्क मन्त्री गौतमले गर्नुभयो । बैठकमा उक्त अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने प्रश्ताव बहुमतले अस्वीकृत भएको थियो । लगत्तै मन्त्री गौतमले अध्यादेश स्वीकृत गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

Leave a Reply