सर्वोच्च अदालतमा आफूहरुको कुनै सेटिङ नभएको दाहालको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सर्वोच्च अदालतमा आफूहरुको कुनै सेटिङ नभएको दाहालको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताएका छन् ।

बिहीबार विपक्षी गठबन्धनको सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष दाहालले विपक्षी दलहरु बीचको गठबन्धन सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकोले लामो समयसम्म सँगसँगै जानसक्ने बताए । उनले संविधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रीत रहेर गठबन्धन बनेको बताए ।

अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिनेबीचको रहेको दाहालको भनाई छ । उनले ०४६ साल र ०६२÷०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिलेपनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपु¥याएकाले आन्दोलन सफल हुने बताए ।

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा आफूहरुको कुनै सेटिङ नभएको पनि उल्लेख गरे । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसला अघि आफूले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उनले आफूहरु सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको दाहालले जिकिर गरे । राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उनको भनाई छ । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदैँ उनले एमसीसीको सम्बन्धमा संसदबाट सहमती गराएर राष्ट्रिय हित अनुकुल अगाडी बढाउने पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);