नेकपा फुटाउन प्रचण्डको मुख्य भुमिका रहेको आरोप : पूर्व मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा फुटाउन प्रचण्डको मुख्य भुमिका रहेको आरोप : पूर्व मन्त्री थापा

काठमाडाैं । पुर्व खानेपानी मन्त्री एवम नेकपा एमालेका नेता मणि थापाले नेकपा फुटाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मुख्य भुमिका रहेको आरोप लगाउनु भएको छ ।

बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तवार्ता दिँदै नेता थापाले दुई तिहाई बहुमत प्राप्त दल नेकपालाई विभाजन गर्न माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रचण्डको मुख्य भुमिका रहेको आरोप लगाएको हो ।

पछिल्लो समय नेकपा पार्टी विभाजन भइसकेपछि साविक पार्टी माओवादी केन्द्र र एमाले ब्युँतिएसंगै आफनो पुरानो पार्टी माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेको हो । नेता थापासँगको पूरा अन्तर्वार्ता आज राति ९ बजे र शुक्रबार बिहान ९ बजे माउण्टेन टेलिभिजनको कार्यक्रम अतूल्य हेर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);