संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने माओवादी अध्यक्ष दाहालको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने माओवादी अध्यक्ष दाहालको टिप्पणी

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरेका छन् ।

अध्यक्ष दाहालले पार्टीले हालसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरेका हुन् ।

नेता पोष्टबहादुर बोगटीको स्मृतिमा बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दाहालले संविधान संशोधनका लागि सकेसम्म राजनीतिक दलहरुसँगबीचको संवाद, सहमती र समझदारीनै जोड दिने पनि स्पष्ट पारेका छन्।

अध्यक्ष दाहालले सडक आन्दोलनकै बलमा आफ्नो पार्टीको नेतृत्वमा प्रतिगमनबाट मुलुकलाई जोगाउने र संविधानको रक्षा गर्ने सफलता हात पारेको पनि दावी गरे ।

उनले अहिले आएर आफ्नो पार्टी भित्र आफ्नो व्यक्तिगत स्वार्थ, पदका लागि मरिहत्ते गर्नेहरुको जमात बढदै गएको भन्दै चिन्ता समेत व्यक्त गरे ।

अध्यक्ष दाहालले नेपाल राष्ट्र र नेपाली जनताको रुपान्तरणमा नेता बोगटीले खेलेको भूमिका सदा स्मरणीय रहिरहने पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);