संविधान र समावेशीता विरोधी षड्यन्त्र जारी : दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संविधान र समावेशीता विरोधी षड्यन्त्र जारी : दाहाल

dwandakalin-prachanda

बुटवल, २८ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्षपछि प्राप्त भएका उपलब्धिहरुविरुद्ध षड्यन्त्र जारी रहेको बताएका छन् ।

शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्र, संविधान र समावेशीता विरोधीहरुले यो व्यवस्थालाई उल्ट्याउन षड्यन्त्र जारी राखेको बताएका हुन् । उनले आफू यस्तो षड्यन्त्रको विरुद्धमा सदैव खडा हुने बताए ।

गणतन्त्र र संविधान रक्षाका लागि फेरि कडा आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुन सक्ने अध्यक्ष दाहालको भनाई छ । प्राप्त भएका उपलब्धिलाई गुम्न नदिन शान्तिपूर्ण क्रान्तिको आवश्यक रहेको दाहालको तर्क छ ।

यसका साथै दाहालले सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी गरेको फैसला प्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);