ओलीले कुर्सीमा पुग्ने र निरकुंश बन्ने उद्देश्यले मात्र पार्टी एकता गरेको दाहालको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओलीले कुर्सीमा पुग्ने र निरकुंश बन्ने उद्देश्यले मात्र पार्टी एकता गरेको दाहालको आरोप

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कुर्सीमा पुग्ने र निरकुंश बन्ने उद्देश्यले मात्र पार्टी एकता गरेको भन्ने आरोप लगाएका छन् ।

शनिबार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् । प्रतिवेदनमा उल्लेख गरिएको छ–‘‘०७५ जेठ ३ गते नेकपा एमाले र माओवादीबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्माण भयो। यसले नेपाली जनताको र कम्युनिष्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशिल, देशभक्त जनसमुदायमा निकै सकारात्मक सन्देश र उर्जा प्रवाह ग¥यो । तर, पार्टीका तत्कालीन अर्का अध्यक्ष केपी शर्मा ओलीको पार्टी एकताको उद्देश्य भने आफू प्रधानमन्त्रीको कुर्सीमा पुग्ने र निरंकुश बन्ने मात्रै रहेको कुरा स्पष्ट हुँदै गएको छ।’

ओलीले पार्टी एकताको सैद्धान्तिक, राजनैतिक र वैधानिकताको मुल मर्ममाथि नै निरन्तर प्रहार गरेको प्रतिवेदनमा उल्लेख छ । पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउन, सरकारलाई आफूनिकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पूँजीवादलाई हुर्काउने साधनको रुपमा दुरुपयोग गर्ने, प्राप्त राजनीतिक उपलब्धि संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गर्ने काम भएको दाहालले आरोप लगाएका छन् ।

प्रतिवेदनमा उल्लेख गरिएको छ –‘प्रतिनिधिसभाको दुई–दुई पटक विघटन गरी जनमतको अपमान गर्न पुगे। तत्कालीन माओवादी केन्द्य्र र एमालेबीच भएको एकता वस्तुतः सही हुँदा हुँदै पनि केपी ओली र उनको गुटमा देखा परेको अंहकार, दम्भ पदलोलुपता, राष्ट्रिय आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विघटन हुन पुग्यो । हाम्रो पार्टी कमजो हुँदा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र सांस्कृतिक रुपले उत्पीडनमा परेका जनताका अधिकारी कटौती हुँदै जाने र देशलाई प्रतिगमन तिर लैजान चाहने शक्तिलाई फाइदा हुनेरहेछ भन्ने तथ्य आम नजसमुदायले समेत बझ्ने गरी स्पष्ट हुँदै गयो ।’’

त्यसैगरी नेपाली जनताको त्याग तपस्याबाट प्राप्त संविधानको रक्षा गर्ने, लोकतन्त्रलाई संस्थागत गर्ने, संघीयताको पूर्ण कार्यान्वयन गर्ने, प्रतिगमूनलाई पूर्ण रुपले परास्त गर्ने राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै देशलाई संवैधानिक एवं लोतान्त्रिक बाटोमा हिँडाउने जिम्मेवारी गठबन्धनको सरकारको रहेको दाहालले लेखेका छन् ।

जनतालाई कोभिड महामारीबाट मुक्त गर्नु र महामारीले थला परेको अर्थतन्त्रलाई पुनरुद्धार गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउन अहिलेको गठबन्धनको महत्वपूर्ण कार्यभार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसका साथै दाहालले असोज १० गते सेल र टोल सम्मेलन सम्पन्न गर्ने, असोज २० गते वडा सम्मेलन, ३० गते गाउँपािलका र नगरपालिका सम्मेलन, कार्तिक ३० गते जिल्ला सम्मेलन, मसिंर १५ गते प्रदेश सम्मेलन र पुस ११ , १२ र १३ गते राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रस्ताव दाहालले बैठकमा प्रस्तुत गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);