पुसको दोश्रो सातामा राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष दाहालको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

पुसको दोश्रो सातामा राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष दाहालको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राष्ट्रिय सम्मेलन पुसको दोश्रो सातामा गर्ने प्रस्ताव अघि सारेका छन् ।

माओवादी केन्द्रको शनिबार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालले पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्नुपर्ने प्रस्ताव ल्याएका हुन् ।

यसका साथै दाहालले भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने पनि उनको प्रस्तावमा उल्लेख गरिएको छ । यसका साथै असोज १० गते सेल र टोल भेला गर्ने, कार्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव पनि गरिएको छ ।

बैठकको सुरूमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने, पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्ने र विधान संशोधन मस्यौदामाथि छलफल गर्न समूह विभाजित गर्ने लगायतका काम भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);