नेकपा विवाद । एकताको निरन्तरताका लागि प्रचण्डले प्रस्ताव फिर्ता लिएर माफी माग्नु पर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा विवाद । एकताको निरन्तरताका लागि प्रचण्डले प्रस्ताव फिर्ता लिएर माफी माग्नु पर्ने

तिब्र चासो र आशंकाका साथ प्रतिक्षा गरिएको सत्तारुढ दल नेकपाको शनिबार सम्पन्न भएको सचिवालय बैठकले ति सबै आशंकालाई तोडेको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गत कार्तिक २८ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथी गम्भीर आरोप सहितको १९ पृष्ठको प्रतिवेदन सचिवालय बैठकमा पेश गरेपछि पार्टीभित्रको नेतृत्व तहमा रहेको विवादले गम्भीर मोड लिएको थियो ।

आफुमाथि तथ्यहीन लाञ्छाना लगाउँदै कार्यकारी अध्यक्ष दाहालले पार्टीमा ल्याएको प्रस्तावकै कारण रुष्ट बनेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले, लगाईएका आरोप तथ्यहीन, भ्रामक र लाञ्छित गर्ने उद्देश्यबाट आएको भन्दै त्यसको जवाफ तयार गर्न समय माग गरेकै कारण मंगसिर ३ गते बसेको सचिवालयले १० दिनको समय तोकी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई प्रसताव पेश गर्ने समय दिएको थियो ।

सचिवालयले दिएको समयमै प्रधानमन्त्री ओलीले ३८ पृष्ठ लामो जवाफी पत्र सचिवालयमा पेश गर्नु भयो । प्रधानमन्त्री ओलीले सचिवालयमा पेश गर्ने प्रतिवेदनकै कारण पार्टी कतै गम्भीर दुर्घटनामा त पर्ने हैन भन्ने अनेकौ आंशका गरिएपनि प्रधानमन्त्रीबाट सचिवालयमा पेश भएको तार्किक एवं शालीन जवाफकै कारण कतिपयले पार्टी नै फुट्ने हो कि भन्दै गरेका कतिपय आशंका तत्कालका लागि भने हटेर गएको अनुभव गर्न थालिएको छ ।

सचिवालयमा प्रधानमन्त्री ओलीले पेश गरेको प्रतिवेदन पार्टी भित्र विगतमा विकसित घटनाक्रमको मुल्यांकन, वर्तमानको विश्लेषण अनि पार्टीले भविष्यमा अपनाउने मार्गचित्रको द्योतकका रुपमा आएको कतिपयको विश्लेषण रहेको छ । यद्यपी प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा पेश गर्नु भएको प्रतिवेदमा पेश गर्ने क्रममै प्रधानमन्त्री ओलीले,दाहालकोे प्रस्ताव झुटको पुलिन्दा भएको भन्दै यसलाई बैठकमा औपचारिक रुपमा दर्ता र छलफल गर्नै नमिल्ने मात्रै बताउनु भएन, पार्टीलाई एकताबद्ध बनाई राख्ने हो भने दाहालले माफी नै मागेर प्रस्ताव फिर्ता लिनु पर्ने पुरानै अडान दोहो¥याउनु भएको थियो ।

पार्टीभित्र बढ्दै गएको विवाद र प्रधानमन्त्री ओलीको जवाफी पत्रलाई विश्लेषण गर्नेहरु प्रधानमन्त्रीले पार्टी एकताका लागि आफ्नो स्पष्ट अडान दोहो¥याई सक्नु भएकाले पार्टीको भबिष्यका सम्बन्धमा आगामी मंगसिर १२६ गते बस्ने सचिवालय बैठकमा दाहालको प्रस्तुतीमा पनिर्भर हुने बताउँदछन् । यतिबेला ओलीले बल दाहाललाई जिम्मा दिएकाछन् र उक्त बलका माध्यमबाट गोल गर्ने वा आत्मघाती गोल गर्ने भन्ने जिम्मोवारी अब भने दाहालको रहेको उनिहरुको तर्क रहेको छ ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफ्नो जवाफी प्रतिवेदनमार्फत पार्टी एकताको निरन्तरताको सम्पूर्ण जिम्मा प्रचण्डका काँधमा सुम्पिएपछि यतिबेला प्रचण्ड समस्यामा परेको विश्लेषण समेत गर्न थालिएको छ ।

सत्ता दौडको आवेशमा आफ्नै समकक्षी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि सत्ता दौडको आवेशमा आफुद्वारा लगाईएका आरोप आफैं तिर फर्किएपछि यतिबेला दाहाल समस्यामा परेका हुन् ।प्रधानमन्त्री ओलीले यस अघि दाहालले लगाएका लिखित आरोपको प्रतिवाद गर्दै आरोप प्रमाणित भए आफुले दुबै पद त्याग्ने र प्रमाणित नभएको अवस्थामा दाहालले पद त्याग गर्नु पर्ने बताईसक्नु भएको थियो ।

यो सँगै १३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्रीले नेतृत्व युवा पुस्तामा हस्तान्तरणका कुरा मात्रै हैन, आफुद्वारा सचिवालयमा प्रस्तुत प्रतिवेदनमा सहमत नभएको खण्डमा आगामी महाधिवेशन र संसदीय निर्वाचनसम्म कुनै पनि पद नछाड्ने अडान देखाउनु भएको छ । आफ्ना विरुद्ध गोलबन्द भएर घेराबन्दी गर्ने नेताहरुलाई खरो जवाफ समेत फर्काउनुले नेकपाको अबको बाटो के हुने भन्ने बिषयमा १६ गते बस्ने पार्टी सचिवालय बैठक नै कुर्नु पर्ने हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);