सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै, अध्यक्षद्वयले पेश गरेकाे प्रतिवेदनमाथि छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै, अध्यक्षद्वयले पेश गरेकाे प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं, १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेका प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहालले गत कार्तिक २८ गते १९ पेजको प्रस्ताव पेश गरेपछि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १३ गते ३८ पेजको जवाफी प्रस्ताव सचिवालयमा पेश गर्नुभएको थियो । दुवै अध्यक्षको एक अर्कालाई आरोप प्रत्यारोपसहितको प्रस्तावपछि नेकपाको आगामी दिन कस्ता हुने हुन् भन्ने अझै अन्योल रहेका बेला आजको सचिवालय बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री ओलीले मंसिर १३ गते प्रस्ताव पेश गरेपछि सचिवालयका सदस्यलाई अध्ययनका लागि ३ दिनको समय दिदै बैठक आजको लागि बोलाइएको थियो । प्रधानमन्त्री समेत रहनुभएका ओलीले आफ्नो प्रस्तावमा अर्का अध्यक्ष दाहाललाई प्रस्ताव फिर्ता लिन आग्रह गरेको भएपनि अहिलेसम्म दमहालले आफुले पेश गरेको प्रस्ताव फिर्ता नलिने अडान कायमै राख्दै आउनुभएको छ ।

नेकपाले यही मंसिर १८ गते स्थायी कमिटी र मंसिर २५ गते केन्द्रीय कमिटी बैठकको बोलाइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);