सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

अध्यक्षद्वय ओली र दाहालले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं, २८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । गत मंसिर २१ गते बसेको बैठकले सहमति खोज्नका लागि एक हप्ताको समय दिए पश्चात आजका लागि तय गरिएको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनेपनि अन्तिम समयमा आएर बालुवाटारमा नै बस्न लागेको हो ।

बैठकमा यसअघि प्रस्तुत भएका दुवै अध्यक्षका प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु हुने बताइएको छ । यद्यपी बैठकमा कुनै एजेण्डा तय नभएको स्थायी कमिटी सदस्यहरुले जनाएका छन् । दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भएको बताइएपनि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नेताहरु लागिपरेका छन् ।

२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशससिहतको पत्र पठाउनुभएको थियो ।

गत मंसिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गएको कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको लिखित प्रस्तावबारे नेकपाका शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।

नेकपाभित्र मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशको विवाद, लगायतबारे विवाद उत्पन्न भएसँगै दुई अध्यक्षबीच लिखित आरोप–प्रत्यारोपपत्र सुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);