नेकपाको सचिवालय बैठक १० दिनका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेकपाको सचिवालय बैठक १० दिनका लागि स्थगित

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।

बुधबार १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । पार्टीभित्र देखिएको संकट र त्यसको निवारणका लागि यसअघि प्रस्तुत सबै प्रस्ताव र ओलीले ल्याउने प्रस्तावमा समेत आगामी बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

१३ गतेको बैठकमा ओली र यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र अन्य प्रतिवेदनहरुमाथि छलफल हुनेछ ।

यस्तै यसअघि मंसिर १५ गतेका लागि सारिएको केन्द्रीय कमिटी बैठक पुनः १० दिन पर सारिएको छ । बैठक २५ गते बस्ने निर्णय नेकपा सचिवालयले गरेको हो । केन्द्रिय कमिटी बैठक अघि मंसिर १८ गते स्थायी कमिटी बैठक पनि बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);