नेकपाको सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

भदौ २ २०७९, बिहीबार

नेकपाको सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित

काठमाडौं, २८ कार्तिक । लामो समयपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर ३ गते अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गते अर्को बैठक बोलाउने र छलफलका लागि कार्यसूची बनाउने निर्णय गरेको छ । पार्टीमा उत्पन्न संकट, समस्या र समाधानका लागि कार्यसूची बनाएर छलफल गर्ने निष्कर्षका साथ बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

यस्तै आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको संकटका विषयमा तयार पारेको राजनीति प्रतिवेदन सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ । पार्टीभित्र देखिएको पछिल्लो संकटका विषयमा प्रचण्डले प्रतिवेदन तयार पार्नुभएको उहाँले बताउनुभयो । यसैगरी स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनपनि अध्ययनका लागि वितरण गरिएको उहाँले बताउनुभयो ।

आजको बैठकमा यसअघि सचिवालय बैठक बोलाउनका लागि प्रचण्डले गरेको आग्रह र सचिवालयका बहुमत सदस्यहरुले पेश गरेको लिखित पत्रका विषयमा पनि छलफल भएको छ । प्रचण्डले ओलीलाई बैठक बोलाउन माग गर्दै पठाएको पत्र तयसको जवाफमा ओलीले प्रचण्डलाई पठाएको पत्र त्यसपछि प्रचण्डले ओलीलाई पठाउनुभएको पत्रको जवाफका विषयपनि बैठकमा उठेको उहाँले बताउनुभयो ।

ती पत्रहरु समेत सचिवालयका सदस्यहरुलाई वितरण गरिएको छ । वितरण भएका सबै सामग्री अध्ययन गरी अर्को बैठकमा पार्टी एकताको रक्षा, पार्टी र सरकारका सामु देखिएका ऐतिहासिक जिम्मेवारी पुरा गरेर अगाडी बढ्ने विषयमा छलफल गर्ने उहाँले बताउनुभयो । आगामी बैठकमा कर्णाली र पर्सा घटनालगायतका विषय पनि छलफलका एजेण्डा बन्नेछन् ।

Leave a Reply