यौन हिंसाका घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुग्यो : मन्त्री तुम्बाहाङ्फे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

यौन हिंसाका घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुग्यो : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं, २८ कार्तिक । यौन हिंसा सम्बन्धी घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुगेको कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले बताउनुभएको छ ।

यौन हिंसा सम्बन्धमा कलम चलाउँदै आएका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसा सम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने गरिएकाले यौन हिंसालाई प्रोत्साहन गरिरहेको बताउनुभयो ।

खासगरी बलात्कार जन्य घटनाहरुमा समाज भत्रै मेलमिलाप गर्ने गरिएको पाइएको छ । यौंन हिंसा सम्बन्धी घटनाहरुलाई समाजभित्रै मेलमिलाप गर्नु हुँदैन भन्ने व्यवस्था ऐन कानूनमा नै गर्नुपर्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो । मेलमिलाप गराउने वा गर्नको लागि उत्साहित गर्ने व्यक्तिहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने व्यवस्था गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको छ ।

स्थानीय तहमा गठित न्यायिक समितिमा यस्ता घटनाको मेलमिलाप गर्नु हुँदैन भन्ने जानकारी भएको तर यस्ता घटनाहरु न्यायिक समितिमा आउनै नदिने गरी समाजभित्रै मेलमिलाप हुने गरेको बताउनुभयो ।  

समाजमा हुने यौन हिंसामा मेलमिलाप गर्नु हुँदैन भन्ने सन्देश सञ्चार माध्यमबाट दिन सके यौन हिंसा न्यूनीकरणमा सघाउ पुग्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो । कडा प्रकृतिका सजाय दिने व्यवस्था कानूनमा गर्दैमा घटना कम हन्छ भन्ने नभएकाले सचेतनामा नै जोड दिनुपर्नेमा उहाँको भनाई छ ।

यस्तै पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सम्बन्धमा बहस भएपनि संविधानमा भएको व्यवस्था अनुरुप नेपालमा कुनैपनि घटनामा मृत्युदण्ड दिने कानून निर्माण गर्न नमिल्ने स्पष्ट पार्नुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);