नेपालमा प्रजनन स्वास्थ्य सम्बन्धी कानुन भएपनि कार्यान्वयन भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालमा प्रजनन स्वास्थ्य सम्बन्धी कानुन भएपनि कार्यान्वयन भएन

prajanan swasthya

काठमाडौं, २२ फागुन । महिला अधिकारकर्मीहरुले नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कानुन भएपनि कार्यान्वयन अभावमा थुप्रै महिलाहरुले प्रजनन समस्या भोग्नुपरेकोे बताएका छन् ।

नेपाल परिवार नियोजन संघले बुधबार राजधानीमा आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रममा उनीहरुले नेपालमा बालविवाह, महिला हिंसा तथा छाउपडी जस्ता कुरितिहरु अन्त्यका लागि कानुन नबनेसम्म महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार हुन नसक्ने बताए ।

कार्यक्रममा अधिवक्ता मिरा ढुङ्गानाले नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी थुप्रै कानुन बने पनि त्यसको कार्यान्वयन नहँुदा महिलाहरु हिंसा सहन बाध्य भएको बताईन् ।

कार्यक्रमका अन्य सहभागीहरुले नेपालको संविधानले समेत मौलिक हकमा यौन तथा प्रजनन स्वास्थ्य समावेश गरेको भन्दै यसलाई कानुनी रुप दिन आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);