पहिलो महिला स्वास्थ्य सम्मेलन शुरु, मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

पहिलो महिला स्वास्थ्य सम्मेलन शुरु, मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड

काठमाडौं । पहिलो महिला स्वास्थ्य सम्मेलन शुरु भएको छ ।

बिहीबारदेखि काठमाडौंमा पहिलो महिला स्वास्थ्य सम्मेलन शुरु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अग्रसरतामा आजसम्म सम्मेलन सञ्चालन हुने बताइएको छ । सम्मेलनमा महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा छलफल गर्नुका साथै यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणको विषयमा छलफल र प्रश्तुती भइरहेको छ ।

सम्मेलनमा करिब ३ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अहिले पनि मातृ मृत्युदर ठूलो चिन्ताको विषय भएको बताउनु भयो । उहाँले किशोरी अवस्थामा नै गर्भवती हुने, बच्चा जन्माउने चुनौतिको विषय र महिलाहरुमा हुने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, मानसिक स्वास्थ्यको समस्यालाई यथेष्ठ सम्बोधन हुन नसकेको बताउनु भयो । विभाग प्रमुख लालले विपद्को समयमा महिलालाई यौन तथा प्रजनन स्म्बन्धी सेवा र अधिकार सुनिश्चित गर्ने कुरामा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले महिलाहरुमा हुने कुपोषणको समस्या भयावह रहेकाले यी विषयहरुलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो । स्वास्थ्य सुरक्षासम्बन्धी ऐनहरु भएपनि त्यसको कार्यान्वयन फितलो रहेको बताउनु भयो । प्रमुख लालले तीन तहका सरकारको समन्वयलाई प्रभावकारी बनाउँदै महिलाका स्वास्थ्यका सवाललाई सम्बोधन गर्न जरुरी रहेको बताउनु भयो ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा. सुधा शर्माले स्वास्थ्य सेवा बिस्तार भएपनि सेवाको गुणस्तर जनसमुदायमुखी नभएको बताउनु भयो । उहाँले उहाँले देशमा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नुका साथै सेवाको पहुँचमा पनि बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रविधिको अनावश्यक प्रयोग भइरहेको भन्दै सरकारका नीतिहरुमा र प्रजनन स्वास्थ्यको नीतिमा पनि सुधार गर्दै लैजानुपर्ने बताउनु भयो । उहाँले महिललाई प्रजनन स्वास्थ्यका हिसावमा मात्रै नहेरेर महिलाको जीवनका विभिन्न चरणमा आवश्यक्ताअनुरुपको सेवा बढाइनुपर्ने बताउनु भयो । उहाँले रोगको रोकथाममा अझै बढी ध्यान पु¥याउन आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रले महिलाहरुले गुणस्तरीय सेवा कसरी महिललाई सबैभन्दा बढी दिने भन्नेबारेमा छलफल हुनुपर्ने बताउनु भयो । उहाँले गुणस्तरीय स्वास्थ्यमा महिलाको पहुँच बढाउनुका साथै समतामुलक पहुँच बिस्तार गर्नेकुरा नै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले प्रजनन स्वास्थ्यका साथै किशोरकिशोरीको स्वास्थ्यको समस्या, नसर्ने रोगको बढ्दो संक्रमण चुनौतिको विषय भएको बताउनु भयो । महिलाको स्तन र पाठेघरको क्यान्सरको विषयमा आवश्यक ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले महिलाको मानसिक स्वास्थ्यको चुनौति देखिएको पनि बताउनु भयो ।

सम्मेलनमा महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका प्रतिनिधिहरू एवं विज्ञ व्यक्तित्वहरूको सहभागिता रहेको छ । महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौति एवं अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्यांकरूको लेखाजोखा गर्नु सम्मेलनको उद्देश्य रहेको बताइएको छ । सम्मेलन शुक्रवारसम्म चल्नेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);