स्वास्थ्य वैज्ञानिकहरुको पाँचौ शिखर सम्मेलन काठमाडौंमा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्वास्थ्य वैज्ञानिकहरुको पाँचौ शिखर सम्मेलन काठमाडौंमा जारी

पुष्पा पोखरेल
काठमाडौं, २८ चैत । स्वास्थ्य वैज्ञानिकहरुको पाँचौ शिखर सम्मेलन काठमाडौंमा जारी छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा बुधबारदेखि शुरु भएको सम्मेलन शुक्रबारसम्म चल्नेछ । वैज्ञानिक, स्वास्थ्य विज्ञ, चिकित्सक लगाएत १५ सय भन्दा बढिको सहभागिता रहेको सम्मेलनमा स्वास्थ्य क्षेत्रका ३० भन्दा बढी कार्यपत्र माथि छलफल भइरहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान भन्ने नारासहित स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा सामाजिक स्वास्थ्य बिमा, नर्सेने रोग मातृ स्वास्थ्य, बाल तथा किशोर किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, स्वास्थ्य प्रणाली र आवश्यक मेडिकल उत्पादन जस्ता विषयमा छलफल भइरहेको छ ।

बुधबार शुरु भई शुक्रबारसम्म चल्ने सम्मेलनमा स्वास्थ्यका विविध विषयमा भएका २ सय ७७ अनुसन्धानहरु मध्ये वैज्ञानिक कमिटिको मापदण्ड अनुसार १ सय ३७ अनुसन्धान र ३३ वटा कार्यपत्रमाथि छलफल भईरहेको छ ।

सम्मेलनको मुख्य उद्देश्य स्वास्थ्य क्षेत्रमा हाल भइरहेको उपलव्धी र भावी कार्यदिशाबारे छलफल गर्नु रहेको छ । यस्का लागि एउटै थलोमा बसेर अनुसन्धानकर्ता नीति निर्माता, र विकास साझेदार विभिन्न संस्थाहरुबीच छलफल हुनेछ ।

मुलुकमा रहेका विभिन्न प्राकृतिक स्रोत र साधनको उपयोग गर्दै विज्ञान र प्रविधिको माध्यमबाट समग्र विकासलाई अगाडी बढाउने एवंम समृद्धिका लागि विज्ञान र प्रविधिको महत्व उजागर गर्नको लागि सुरु भएको सम्मेलनमा ३३ कार्यपत्र प्रस्तुत गरी विषयगत विज्ञहरुबी छलफल गरिने छ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ६३ अनुसन्धानमुलक कार्यहरुको मौखिक प्रस्तुती र १२८ वटा पोष्टर प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । ३ दिनसम्म चल्ने सम्मेलनले विकट, दुर्गम तथा स्वास्थ्य सेवाबाट टाढा रहेका सर्वसाधारणहरुलाई स्वास्थ्यको पहुँच पु-याउने अपेक्षा गरिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको सम्मेलनमा भारत, चीन, जर्मनी लगाएतका देशका स्वास्थ्यकर्मी तथा जनसंख्या वैज्ञानिकहरुसहित १५ सयभन्दा बढीको सहभागिता रहेको छ । स्वास्थ्य क्षेत्रमा भएका पछिल्लो अनुसन्धान, स्वास्थ्य क्षेत्रमा देखिएका वर्तमान अवस्था र भावी चुनौतिकाबारेमा विषयगत रुपमा छलफल गरी सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);