स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन सुरु

hp-scientist-summit

काठमाडौं, २८ चैत । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । ‘नेपालको बदलिँदो स्वास्थ्य प्रणालीको लागि उच्चस्तरीय अनुसन्धान’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित सम्मेलनको स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रको भावी नीति तर्जुमा गर्न सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे ।

सम्मेलन मुख्यतः स्वास्थ्य प्रणालीमा केन्द्रित रहने बताइएको छ । सम्मेलनमा अनुसन्धानकर्ताहरूले स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा केन्द्रित रहेर आफ्नो खोज तथा अनुसन्धानका बारेमा ६५ वटा अनुसन्धानमूलक कार्यहरूको मौखिक प्रस्तुतिका साथै ६७ वटा पोस्टरको प्रस्तुति गर्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका १ हजार भन्दा बढी स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विज्ञहरु सहभागी छन् ।

ताजा समाचार