आजबाट काठमाडौंमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आजबाट काठमाडौंमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सुरु

काठमाडौं, ४ माघ । काठमाडौंमा आजबाट अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सुरु भएको छ । स्वास्थ्य मन्त्रालय तथा क्यान्सरसम्बन्धी संघ–सस्थाहरुको सहकार्यलमा नेपाल अर्बुद रोग निवारण संस्थाले सम्मेलन आयोजना गरेको हो ।

विकासोन्मुख देशहरुमा क्यान्सर रोग निदानको भरपर्दो उपायको खोजी गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन आयोजना गरिएको हो । ३ दिनसम्म चल्ने सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले क्यान्सर रोग निदानका लागि अन्तर्राष्ट्रिय समुदायसँग एकीकृत योजना बनाएर अघि बढ्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

सम्मेलनमा क्यान्सर रोग निदानका विविध आयामका बारेमा विभिन्न राष्ट्रका विज्ञहरुबीच गहन छलफल हुने जनाइएको छ । शनिबार सम्म हुने सम्मेलनमा क्यान्सर रोगका विज्ञहरुले क्यान्सरको विषयमा आफ्नो प्रस्तुति दिनेछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनि ३५ देखि ४० लाख क्यान्सरका नयाँ बिरामी देखिने गरेका छन् । यस्तै क्यान्सर अस्पताल भक्तपुरमा वार्षिक १३ हजार नयाँ बिरामी उपचारका लागि आउने गरेको छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);