मेडिसिटी अस्पतालमा क्यान्सर सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

मेडिसिटी अस्पतालमा क्यान्सर सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु

mediciti hospital

ललितपुर, १४ साउन । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा सोमबार देखि क्यान्सर रोगसम्बन्धि अन्तर्राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ ।

अमेरिकास्थित विश्व प्रसिद्ध येल न्यू हेभन अस्पताल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोगको निदानबारे विस्तृत जानकारी गराउन सोमवार देखि ३ दिने सम्मेलन आयोजना गरेको हो । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको यो सम्मेलन नेपालमा स्तन र खाना नलीमा हुने क्यान्सर रोग निदानका लागि अति उपयोगी हुने नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महताको छ ।

सम्मेलनमा अमेरिकाको विश्व प्रसिद्ध एल न्यू हेभन अस्पतालबाट ७ सदस्यीय विशेषज्ञहरुको टोली र नेपालका क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहेने छ । स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुःखाई व्यवस्थापनलगायतका उपचारबारे विशेषज्ञहरुबीच अन्तरक्रिया हुने दावी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);