ललितपुरमा स्तन क्यान्सरबारे सम्मेलन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललितपुरमा स्तन क्यान्सरबारे सम्मेलन हुने

ललितपुर, १३ साउन । नेपालमा स्तन र खाना नलीको क्यान्सर रोगबारे अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना हुने भएको छ ।

अमेरिकास्थित विश्व प्रसिद्ध येल न्यू हेभन अस्पताल र नेपालको नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोगबारे यही श्रावण १४ गते देखि ३ दिने सम्मेलन आयोजना गर्न लागेको हो ।

ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा आयोजना हुने ३ दिने मेलामा दुवै रोगको उपचार, पुनस्र्थापना र भविष्यका आधारबारे विस्तृत जानकारी दिने व्यवस्था सम्मेलनमा हुने नेपाल मेडिसिटी अस्पतालका मेडिकल डाईरेक्टर डा. सुनिलकुमार ढकालले जानकारी दिए ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अस्पतालले सम्मेलनमा नेपालका मात्रै १ सय ५० जनाभन्दा बढि क्यान्सर रोगका विशेषज्ञहरु सहभागी हुने जनाएको छ ।

सम्मेलनमा स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुःखाई व्यवस्थापनलगायतका उपचारबारे विशेषज्ञहरुबीच वृहत अन्तरक्रिया एवम् छलफल हुने दावी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);