समयमै उपचार गरे निको हुन्छ 'स्तन क्यान्सर' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

समयमै उपचार गरे निको हुन्छ ‘स्तन क्यान्सर’

तेजना पण्डित
काठमाडौं, २७ फागुन । महिलामा देखिने प्रमुख स्वास्थ समस्यामा स्थन क्यानसरलाई लिइन्छ । नेपाल लगायत विकासउन्मुख राष्ट्रमा महिलाहरु स्तनको जाँच गर्न लजाउने कारण पनि यो समस्याले विकराल रुप लिँदै छ । नेपालमा दोस्रो ठूलो स्वास्थ समस्याको रुपमा रहेको स्तन क्यान्सर समयमै उपचार गरे निको हुने चिकित्सकहरुको भनाइ छ ।

बेलैमा रोगको निदानका लागि सचेत नहुँदा स्तन क्यान्सरका कारण कयौं महिलाहरुले ज्यान गुमाइरहेका छन् । तर, समयमै रोग पहिचान गरी उपचार गरे स्तन क्यान्सर निको हुने चिकित्सकहरुको भनाइ छ । स्तन क्यान्सर भए नभएको आफैले पनि परिक्षण गर्न सकिन्छ भने बेलाबेलामा अस्पताल गएर एक्सरे, मेमोग्रामबाट पनि जाँच गर्न सकिन्छ ।

जनचेतनाको अभाव, गरिबी, अशिक्षा र अज्ञानताका कारण स्तन क्यान्सरबारे महिलाले कुनै जानकारीसमेत पाउँदैनन् । विश्व स्वास्थ्य संगठका अनुसार नेपालमा हरेक वर्ष एक लाखमा २१ दशमलब ८ जना महिलामा स्तन क्यान्सर देखापर्छ । जसमा ९ दशमलब ६ जनाको मृत्यु हुन्छ । हस्पिटलबेस रजिष्टरमा भने उपचारका लागि आउने महिलाहरुमध्ये १५ प्रतिशतमा स्तन क्यान्सर देखिएको पाइएको छ । पहिले ५० बर्ष भन्दा बढी उमेर समुहका महिलामा स्तन क्यान्सरको समस्या देखिने पाइएकोमा पछिल्लो समय ३०÷३५ वर्षका महिलाहरुमा पनि यो समस्या देखिन थालेको चिकित्सकहरुको भनाइ छ ।

स्तन क्यान्सरलाई ठूलो रोग मानिएपनि समयमै उपचार गरे निको हुन्छ । स्तन क्यान्सर लागेर निको भाएकाहरु दृढ आत्मविश्वास र परिवारको साथका साथै बेलैमा उपचार गराए पहिलेकै अवस्थामा फर्कनसक्ने बताउँछन् ।

बिषेशतः ३० बर्ष पछि बच्चा जन्माउने, स्तनपान नगराउने, चिल्लो र बोसोयुक्त खाना तथा बंशाणुगतका कारण स्तन क्यान्सर हुने चिकित्सकहरुको भनाइ छ । स्तन क्यान्सर हुँदा स्तनमा गिर्खा फेला पर्ने, स्तनको आकारमा परिवर्तन हुने, स्तनबाट रगत वा पिप मिसिएको दूध आउने, स्तनको छालाको रङ परिवर्तन हुने, स्तनको मुन्टो भित्र गाडिने जस्ता लक्षण देखा पर्छ । यस्ता लक्षण देखा परे तत्काल परिक्षण गर्न चिकित्सकहरुको सुझाव छ । सुरुकै अवस्थामा रोग निदान गरी उपचार गरे स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);