विश्व मृगौला दिवस विश्वभर बिभिन्न कार्यक्रम गरि मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

विश्व मृगौला दिवस विश्वभर बिभिन्न कार्यक्रम गरि मनाईयो

कुल जनसंख्याको १० प्रतिशतलाई मृगौला सम्बन्धि रोग

काठमाडौं, २४ फागुन । आज विश्व मृगौला दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा नेसनल किड्नी सेन्टरले देशका विभिन्न जिल्लामा नि:शुल्क मृगौला परिक्षण कार्यक्रम तथा मृगौला सम्बन्धि जनचेतना कार्यक्रमको आयोजना गरेको छ ।

सेन्टरले बिराटनगर, चितवन, दमौली लगायतका ठाउँमा मृगौला परिक्षण गरेको हो । डाक्टरहरुले नियमित स्वास्थ्य परिक्षण र खानपानमा ध्यान दिन सुझाव दिएका छन् ।

मृगौला बिरामीहरुले भने सरकारले डाइलोसिसका लागि दिएको १ लाख रकम कमी भएको बताएका छन् । उनीहरुले डाइलोसिसको लागि स्थानीय स्तरमा सेन्टरको स्थापना गरेर आजिवन नि:शुल्क डाइलोसिसको व्यवस्था गर्न माग गरेका छन् । सेन्टरको तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको १० प्रतिशतलाई मृगौला सम्बन्धि रोग लाग्ने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);