जिल्ला अस्पताल इनरुवाका चिकित्सक र कर्मचारी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जिल्ला अस्पताल इनरुवाका चिकित्सक र कर्मचारी आन्दोलित

सुनसरी, २३ फागुन । जिल्ला अस्पताल इनरुवाका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । चार बर्षसम्म काम गरेका चिकित्सक र कर्मचारीले सेवा सुविधा नपाएको भन्दै आन्दोलित भएका हुन् । पटक पटक माग राख्दा पनि अस्पतालले सम्बोधन नगरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको चिकित्सकको भनाई छ ।

अस्पतालले भने डाक्टर र कर्मचारीहरुले पाउने सेवा सुविधा दिन तयार रहेको भन्दै सेवासुविधाको माग फारम नआएको प्रतिक्रिया दिएको छ ।

आन्दोलित डाक्टर र कर्मचारीले सेवा सुविधाको माग गर्दै प्रदेश प्रमुखको कार्यालय र अस्पताल प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले एक हप्ताभित्र माग पुरा नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);