गर्भवतीलाई ७० दिनसम्म आइरन चक्कीको सट्टा जुकाको औषधि | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

गर्भवतीलाई ७० दिनसम्म आइरन चक्कीको सट्टा जुकाको औषधि

Pregnant belly

म्याग्दी, २३ फागुन । म्याग्दी–जिल्ला अस्पतालले आईरन चक्कीको सट्टा जुकाको औषधि दिइएको गर्भवती महिलाको नियमित निगरानी राख्ने भएको छ ।

बेनी नगरपालिका फुर्केसल्लाकी गर्भवती समिक्षा कुँवरलाई दिइएको औषधि गलत भएको स्वीकार गर्दै अस्पतालले नियमित निगरानी गर्ने प्रतिबद्धता जनाएको हो । आमा र बच्चाको स्वस्थ्य अवस्था राम्रो रहेको भन्दै अस्पतालले बच्चा जन्मिएपछि पनि नियमित परिक्षण गर्ने जनाएको छ ।

अस्पतालले गत मंसिर ४ गते गर्भवती कुँवरलाई आईरन चक्की भन्दै जुकाको औषधी दिएको थियो । अस्पतालले गलत औषधि दिने चिकित्सकलाई कारबाही गर्ने भएको छ । दोस्रो गर्भ परिक्षण गराउँदा आईरनचक्कीको सट्टा जुकाको औषधी खाईरहेको खुलेको थियो । गर्भवती कुँवरले ७० दिनसम्म आइरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);