५ वर्षमुनिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

vitamin a

काठमाडौं, २ कात्तिक । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा यो कार्यक्रम सञ्चलन हुन लागेको हो ।

मन्त्रालयका अनुसार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधिसमेत खुवाइने छ । ६ देखि दुई वर्षसम्मका बालबालिकाहरुलाई सुक्ष्म पोषकतत्व ‘बालभिटा’ समेत वितरण गरिने छ ।

दुई दिनसम्म खुवाइने कार्यक्रम रहेकाले आफुलाई पायक पर्ने ठाउँमा गएर खुवाउन बालस्वास्थ्य महाशाखाले आहृवान गरेको छ । नजिकको खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाउँछन् ।

शनिबार खान छुटेका बालबालिकाहरुलाई आइतबार खुवाइनेछ । भिटामिन ‘ए’ तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);