रिडी पुल निर्माणले गति लिन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रिडी पुल निर्माणले गति लिन सकेन

ridi pul

कपिल अधिकारी
रुपन्देही, २ कात्तिक । गुल्मी, पाल्पा र स्याङजाको संगम स्थल रुरु क्षेत्रमा रिडी पुलको निर्माण कार्यले ५ बर्षदेखि गति लिन सकेको छैन । २ हजार ७१ सालमा शिलान्यास गरिएको रिडी पुलको निर्माण ठेकेदारले ३ बर्षमा सकाउने प्रतिबद्धता जनाएको थियो । तर हालसम्म जम्मा २५ देखि ३० प्रतिशत मात्र काम भएको छ । पुल निर्माण सम्पन्न नहुँदा स्थानीयसँगै वरपरका जिल्लाका यात्रुहरु समेत लामो बाटो भएर गन्तव्यमा पुग्न बाध्य भएका छन् ।

नेपालका चार धामहरुमध्ये एक रुरु क्षेत्र धाममा आउने भक्तजन तथा धार्मिक पर्यटकहरुको समय समयमा घुँइचो लाग्ने गर्दछ । तर गुल्मी, पाल्पा र स्याङजाको संगम स्थलको रुपमा रहेको रिडी पुल निर्माणले गति लिन नसक्दा भने आवतजावत गर्नेहरुलाई समस्या भएको छ । २ हजार ७१ सालमा शिलान्यास गरिएको यस तीनमुखे पुलको निर्माणले गति भने लिन सकेको छैन ।

पुल निर्माण नहुँदा स्थानीय लगायत सबैलाई आवत जावतका लागि सास्ती खेप्नु परेको छ । पुल निर्माणको तिब्रताका लागि जनप्रतिनिधिहरुले पनि चासो नदेखाएको स्थानीयको आरोप छ ।

यता रुरु गाउँपालिकाले भने पुल निर्माण समयमा सम्पन्न गर्न सम्बन्धित निकायलाई बेलाबेलामा झक्झकाए पनि वास्ता नगरेको जनाएको छ । धेरै पटक झक्झकाएपछि ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएपछि मात्र फेरि निर्माण कार्य सुरु भएको गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले जानकारी दिनुभयो ।

हाल पुलको जम्मा २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुल निर्माण भए स्थानीय व्यापार व्यवसायमा टेवा पुग्ने लगायत पर्यटकीय क्षेत्रहरुको विकास हुने स्थानीयको अपेक्षा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);