सामाजिक सुरक्षा कोषमा दर्ता नहुने कम्पनीको फाइल रोक्का गर्ने सरकारी तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सामाजिक सुरक्षा कोषमा दर्ता नहुने कम्पनीको फाइल रोक्का गर्ने सरकारी तयारी

काठमाडौं, २ कात्तिक । सामाजिक सुरक्षा कोषमा जम्मा ८ हजार ५ सय रोजगारदाता कम्पनी मात्र दर्ता भएका छन् । गत श्रावण १ गतेदेखि असोज मसान्तसम्म सूचीकृत हुन सरकारले आह्वान गरेको थियो । १ लाख भन्दाबढी रोजगारदाता कम्पनी रहेको आंकलन गरिएको अवस्थामा जम्मा ८ हजार ५ सय रोजगारदाता कम्पनी मात्र सामाजिक सुरक्षा कोषमा दर्ता भएका हुन् ।

सरकारले २०७५ मंसिर १ गते तामझामका साथ सामाजिक सुरक्षाकोषको घोषणा गर्यो । तर, झण्डै १ बर्षको कार्य प्रगति हेर्दा सामाजिक सुरक्षाकोषमा रोजगारदाता कम्पनी त्यति आकर्षित देखिएका छैनन् ।

कोषका अनुसार झण्डै डेढ लाख रोजगारदाता कम्पनी रहेपनि अहिले सम्म ८ हजार ५ सय संस्था तथा कम्पनी दर्ता भएका छन् । यो तथ्याङ्क हेर्दा रोजगारदाता संस्था तथा कम्पनी सामाजिक सुरक्षा कार्यक्रममा जान आलटाल गरिरहेको स्पष्ट हुन्छ । सरकार भने अब दर्ताको म्याद नथप्ने बरु दर्ता नभएका कम्पनिको फाइल नेै रोकेर अघि बढ्ने तयारीमा लागेको छ ।

औषधी, उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्घवस्था सुरक्षा योजना समेत समेटिने यस कोषमा दर्ता हुन नचाहेको नभई सरकारले आफ्नो कुरा नसुनेको उद्योगीहरुको गुनासो छ । सरकारले उद्योगी व्यवसायीको समस्या नसुनी जबरजस्ती गरे विरोधमा उत्रिने नीजि क्षेत्र बताउँछन् ।

सामाजिक सुरक्षा कोषमा दर्ता नभएका रोजगार दाता कम्पनीसंग भने सरकार मात्र नभइ सर्वसाधारण पनि असन्तुष्ट छन् । सामाजिक सुरक्षा कोषमा दर्ता नहुने कम्पनी नै खारेज गर्नु पर्ने सर्वसाधारणको भनाई छ ।

श्रमिकको हितमा रहेको सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन गर्न रोजगारदाता संस्था कुनै पनि बहानामा आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन । सरकारले पनि उनीहरुको जायज माग सम्बोधन गर्दै उचित वातावरण निर्माण गर्नुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);