सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार

काठमाडौं, २८ भदौ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको छ । सामाजिक सुरक्षा कोषका अनुसार अहीलेसम्म कोषमा सुचिकृत हुनेको संख्या ५० हजार पुगेको हो ।

सूचीकरणका लागि तोकिएको समयसीमा नजिकिँदै गर्दा आवद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या बढ्दै गएको कोषले जनाएको छ । कोषका अनुसार सूचीकृत हुने ५० हजार श्रमिकमा ठूला रोजगारदाता संस्थामा कार्यरतहरु बढी देखिएको छ ।

सूचीकृत रोजगार दाताको संख्या ४ हजार ७सय ९० र श्रमिकको संख्या ५० हजार १सय ४० छ । कोषले सूचीकृत हुन सजिलो होस भन्नका लागि प्राविधिक सुधार गरेको समेत जनाएको छ ।

कोषले ठूला रोजगारदाता कम्पनीमै कर्मचारी खटाएर श्रमिक सूचीकरणमा सहयोग गरिरहेको छ । सुचिकृत हुनका लागि सरकारले असोज मसान्तसम्मको समयसीमा तोकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);