बागमती नदी सफा पार्ने काम अन्तिम चरणमा, राजधानीको ढल व्यवस्थापन गर्न चुनौतीपूर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बागमती नदी सफा पार्ने काम अन्तिम चरणमा, राजधानीको ढल व्यवस्थापन गर्न चुनौतीपूर्ण

bina magar

काठमाडौं, २ कात्तिक । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले पशुपति क्षेत्र स्थित बागमती नदीमा बग्ने पानीलाई सफा पार्ने लक्ष्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

शनिबार राजधानीको गुहैश्वरी फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गर्ने क्रममा मन्त्री मगरले पशुपति क्षेत्रस्थित बागमति नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको भन्दै उहाँले सबैको चाहाना अनुसार बागमतिलाई प्राण भरेर कंचन पानी बग्ने व्यवस्था मिलाउने बताउनुभयो । मन्त्री मगरले बढ्दो शहरीकरणले सबै शहरमा ढल व्यवस्थापनको समस्या बढ्दै गएको उल्लेख गर्दै काठमाण्डौमा भने चुनौतिपुर्ण नै बनेको उल्लेख गर्नुभयो ।

उहाँले फोहरको व्यवस्थापकिय पक्ष प्रति मन्त्रालय गम्भीर रहेको भन्दै बागमतीको महत्वलाई कायमै राख्न सरकार लागि परेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);