उपत्यकाको ५ स्थानमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

उपत्यकाको ५ स्थानमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडाैं, ५ कात्तिक । काठमाडाैं बासीको घरबाट निस्कीएको ढलको पानी सफा बनाउन उपत्यकाका ५ स्थानमा फोहोर पानी प्रशोधन केन्द्र बन्दैछन् । खानेपानी मन्त्रालय अन्तर्गत बनाउन लागिएको प्रशोधन केन्द्र मध्ये ४ वटा निर्माणको प्रारम्भीक चरणमा रहेपनि गुहेश्वरीमा रहेको प्रशोधन केन्द्र अबको २ महिनामा सञ्चालनमा आउँदैछ ।

गुहेश्वरीमा रहेको प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक ३ करोड २४ लाख लिटर ढलको पानी प्रशोधन भएर सफा बनाएपछी बागमतीमा बगाइने निर्माण पक्षले जनाइएको छ ।

गुहेश्वरीमा रहेको प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक रुपमा बग्ने ३ करोड २४ लाख लिटर ढलको पानी प्रशोधन केन्द्रमार्फत सफा बनाएर बागमती नदीमा बगाइने छ ।

गुहेश्वरीको प्रशोधन केन्द्रमा गोकर्णेस्वर, चावहिल मित्रपार्क, गुहेश्वरी लगायत गठ्ठाघर क्षेत्रका स्थानीयहरुको घरबाट निस्कीएको ढलको पानी संकलन हुने व्यवस्था मिलाइएको छ ।

प्रशोधन केन्द्रका लक्षित स्थानीयले आ आफ्नो ढललाई व्यवस्थीत गरी प्रशोधन केन्द्रले नदी छेउ राखेका पाइपमा मिसाएमा गोकर्णेश्वर देखि बागमती सम्म सफा र स्वच्छ पानी बग्नेछ ।

सरकारले २ अर्ब ५५ करोडको लागतमा यो प्रशोधन केन्द्र बनाएको हो । प्रशोधन केन्द्रमा बागमती नदी पानी नभएर घर घर बाट निस्कीएको ढलको पानीलाई सफा बनाइने छ ।

यसरी सफा बनाइएको पानीलाई पिउन बाहेक सबै कामका लागी प्रयोग गर्न सकिने बताइएको छ । गुहेश्वरीमा २०५२ साल देखि नै प्रशोधन केन्द्र रहेपनि यसले प्रभावकारी काम गर्न सकेको थिएन ।

तर अहिले पुरानो प्रशोधन केन्द्रलाई समेत थप मर्मत गरी र त्यसको क्षमता बढाएर सञ्चालनमा ल्याउन लागिएको हो । यता सरकारले ढलको पानीलाई बागमतीमा मिसाउन नदीने गरी प्रशोधन केन्द्र बनाएपनी कतिपयले भने अझै बागमती मै ढल मिसाउने गरेको स्थानीयको भनाई छ ।

गुहेश्वरीको प्रशोधन केन्द्रबाट अहिले पनि दैनिक ढलको पानीलाई सफा बनाएर बागमतीमा बगाइएको छ । तर प्राविधिक रुपमा पुर्ण बन्न नसक्दा पशुपती र गुहेश्वरी मन्दीर आसपासमा नमिसाएर सुरुङ पाइपबाट तिलगंगा पछाडी बागमतीमा मिसाइएको छ ।

सुन्दरी जलबाट आउने पानि गोकर्णबाट यता बग्न थालेपनि हेरीनसक्नु र छोइनसक्नु तरीकाले गन्हाउने र फोहोर हुने गरेको छ । यसको प्रमुख कारण नै जथाभावि रुपमा बागमतीमा मिसाइएको ढलको पानी हो ।

त्यस्तै सरकारले गुह्ेश्वरी बाहेक उपत्यका भित्र बालकुमारी, भक्तपुरको सल्लाघारी, धोबिघाट र किर्तिपुरको चान्लाखेलमा समेत यस्ता प्रशोधन केन्द्र बनाउन लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);