कास्कीका किसान बाँदर आतंकले हैरान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कास्कीका किसान बाँदर आतंकले हैरान

monkey

कास्की, ५ कात्तिक । कास्कीका किसानहरु आजभोलि बाँदर आतकंले हैरान भएका छन् । किसानहरु एकातिर कृषि उत्पादनमा कमीका कारण आजित छन् भने अर्कातिर बालीनाली पनि बाँदरले खाईदिँदा किसानहरु ठुलै मर्कामा परेका छन् ।

चाहे बर्षा होस वा हिउँद सबै मौसममा पोखरा महानगरपालिका–१९का किसानहरुलाई बाह्रैमहिना बारीमा बाँदर धपाउँदा धपाउँदै ठिक्क हुन्छ । खेतीपातीमा भन्दा पनि बाँदर धपाउन यहाँका किसानलाई बढी समय खर्चनु परिरहेको छ ।

बारीमा लगाएका अन्नबाली, तरकारी मात्र होइन घर भित्र राखिएका खाद्यान्न समेत बाँदरले खाइदिने गरेको कास्कीका किसानहरुको दुखेसो छ ।

पछिल्लो चरणमा कास्की जिल्लाका अधिकांश गाउँहरुमा बाँदरको विगविगी छ । समुह समुहमा ठुलो संख्यामा आउने बाँदरहरुले बालीनाली त सखाप पारेकै छन्, एक्लै दुक्लै हिंड्दा मान्छेलाई नै आक्रमण गर्ने खतरा पनि बढेको छ ।

बढीरहेको बाँदर आतंक नियन्त्रणका लागि किसानहरुले राज्यसंग गुहार पनि मागिरहेका छन् । स्थानीय निकाय यसबारेमा गम्भिर हुनुपर्ने उनीहरुको माग छ । तर जनप्रतिनिधिहरु किसानको प्रमुख समस्या बनेको बाँदर आतंक नियन्त्रण गर्नका लागि कानुनी समस्या भएको बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);