खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण 

खोटाङ ।  खोटेहाङ गाउँपालिका–४ बडकादियाले र वडा नम्बार ७ खोटाङबजारका किसानलाई बाँदर धपाउने मेसिन वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पार्न थालेपछि वडा कार्यालयले युपिभिसी पाइपबाट निर्माण गरिएको बन्दुककोजस्तो ठूलो आवाज आउने उपकरण खरिद गरेर वितरण गरेको हो ।

बिहीबार बडकादियालेका १० जना र खोटाङबजारका १० किसानलाई पड्काएर बाँदर धपाउने उपकरण वितरण गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा दुई हजार आठ सयका दरले खरिद गरेर ल्याएको खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए ।

आवश्यकताको आधारमा किसानले प्रयोग गर्न पाउनेगरी वडाका १० वटा टोल सुधार समितिलाई मेसिन प्रदान गरिएको हाे । मेसिनसँगै सय पटक पडकाउन पुग्ने कच्चा पदार्थ पनि दिइएकाे छ । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले सखाप बनाउँदा जिल्लाका किसान आजित बिनरहेका छन् ।

बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारी प्रयोग गरेर गत २०७५ साल फागुन ७ गतेदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानमा ‘बाँदर समाऔं’ अभियान सञ्चालन गरिएको थियो ।

यद्यपि, निकुञ्जमा लैजान अगावै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले जटिलता आइपरेको थियो । बाँदर समात्दा पशु अधिकारकर्मीले आवाज उठाएका कारण बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले बाँदरलाई खोरमा थुन्ने, परिवार नियोजन गर्नुपर्ने लगायतका आवाज उठाउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);