बाँदर नियन्त्रण गर्न स्थानीयको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाँदर नियन्त्रण गर्न स्थानीयको माग

monkey

प्रेम भाट,
बैतडी, ३१ जेठ । बैतडीमा बाँदरले खाद्यबाली नष्ट गर्न थालेपछि कृषकहरुले बाली लगाउन छोडेका छन् । खाद्यबाली मात्र हैन मान्छेलाई नै आक्रमण गर्न थालेपछि बाँदरको नियन्त्रण गर्न स्थानीयले माग गरेका छन् ।

बाँदरले खाद्यबाली नष्ट गर्न थालेपछि बैतडीको दशरथचन्द नगरपालिका अधिकांश कृषकले बाली लगाउन छोडेका छन् । फलफूलमा समेत आत्मानिर्भर रहेको नगरपालिका पछिल्लो समय उजाड देखिन थालेको छ । बाँदरले फलफूल खाइदिएपछि कृषकहरुले संरक्षमा चासो दिएका छैनन् । बाँदरले मान्छेलाई नै आक्रमण गर्न थालेपछि ज्यान जोगाउन नै कठिन भएको स्थानीयको गुनासो छ ।

नगरपालिकाकाले बाँदर धपाउने अभियान सुरु गरेपनि बाँधरको संख्या बढेपछि अभियान प्रभावकारी भएको छैन । नगरपालिकाले बाँदर विषेशज्ञ नै ल्याएर नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । सो क्षेत्रमा पाइने बाँदर रातो प्रजातीका भएकाले चलाख र आक्रमक हुने विशेषज्ञको भनाइ छ ।

बाँदरको समस्याले दशरथचन्द नगरपालिका ४, ५, ६ र ८ वडाका नागरिक मारमा परेका छन् । बाँदरका कारण खेतिपाती छोडेका कृषक चिन्तित भएका छन् । तत्काल बाँदरको समस्या समाधान गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);