हात्तीहरुलाई साङ्गलो मुक्त गर्ने अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

हात्तीहरुलाई साङ्गलो मुक्त गर्ने अभियान सुरु

elephant

चितवन, ३१ जेठ । चितवनको सौराहा क्षेत्रमा रहेका निजि हात्तीहरुलाई साङ्गलो मुक्त गर्ने अभियान सुरु गरिएको छ । जनावरमैत्री पर्यटकीय क्षेत्र सौराहा भन्ने पहिचान दिलाउन अभियान सुरु गरिएको हो ।

पर्यटकीय नगरि चितवनको सौरहामा २०७१ सालबाट हात्तीलाई चेन फ्रि मुक्त गर्ने अभियान सुरु गरिएको थियो । तर बीचमा अभियान सुस्ताएपछि फेरी हात्तीहरुलाई साङ्गलो मुक्त गर्ने अभियान सुरु गरिएको हो । सपना भिलेजको ४ वटा हात्तीलाई साङ्गलो मुक्त गरेर अभियान सुरु गरिएको छ । सम्रराढगज नाम गरेको साढे चार बर्षिय हात्तीको साङ्लो खोलेर ‘चेन फ्रि’ अभियानको थालनी गरिएको हो ।

हात्तीको स्वभाव एकै ठाउँ बसिरहने भन्दा हिड्डुल गरिरहने हुन्छ । सिक्रीमुक्त भएका हात्तीहरु विद्युतीय तारबारले घेरिएको क्षेत्रभित्र घुम्ने डुल्ने गर्छन् । हात्तीसारलाई विशेष ढंगले सौर्य उर्जावाट बिद्युत प्रवाह हुने गरी तारबार गरी हात्तीलाई बाधिएको साङ्लो फुकाईएको छ । जनावरमैत्री पर्यटकीय क्षेत्र सौराहा भन्ने पहिचान दिलाउन ६० बर्षिया अमेरिकी नागरिक डोना मार्सलको पहलमा अभियान थालिएको हो ।

डाईरेट एड नेपाल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको झण्डै १५ लाखको लागतमा कोराल फिनिसिङ निर्माण गरिएको जनाएको छ । सौराहामा निजि क्षेत्रमा ६५ वटा हात्तीहरु छन् । नेपालमा हाल झण्डै १ सय ४५ वटा रैथाने हात्ती रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा जंगली हात्तीको संख्या १७ वटा रहेको अनुमान छ ।

ताजा समाचार