शान्ति, सुरक्षा र सुशासनलाई सुदृढ बनाउन ‘प्रहरी हाम्रो टोलमा’ अभियान आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

काठमाडौं, ६ असोज । सरकारले शान्ति, सुरक्षा र सुशासनलाई अझै सुदृढ बनाउने उद्देश्यका साथ शुक्रबारबाट ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु गरेको छ ।
नागरिकसँग प्रहरी र प्रशासनको सम्बन्धलाई बलियो बनाएर शान्ति सुरक्षाको अवस्था सुदृढ गराउने उद्देश्यका साथ ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु गरिएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गर्दै गृहमन्त्री जनार्दन शर्माले विज्ञान र प्रविधिको विकाससँगसँगै अपराधका नयाँ नयाँ आयाम थपिएकाले त्यसबाट जनतालाई मुक्त गर्न ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु गर्नु परेको स्पष्ट पारेका छन् । उनले अभियानले जनतासँगै रहेर शान्ति सुरक्षा सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे । मन्त्री शर्माले जनमैत्री प्रहरी प्रशासन निर्माणका लागि पनि अभियानले साथ दिने पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनतामा जागरण ल्याई मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गराउन ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु गरिएको बताए । उनले अपराध नियन्त्रण गर्ने र मुलुकमा शान्ति सुरक्षा कायम गर्ने काममा नेपाल प्रहरीले सक्दो प्रयास गरिरहेको पनि उल्लेख गरेका छन् ।

गृह मन्त्रालयले ‘शान्ति, सुरक्षा र सुशासनः जनमैत्री प्रहरी र प्रशासन’ भन्ने अवधारणा अन्तरगत ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु गरेको हो । गृह मन्त्रालयले अभियानमार्फत् नागरिकसँग प्रहरी र प्रशासनको सम्बन्धलाई अझ बलियो बनाउन सफलता मिल्ने विश्वास पनि व्यक्त गरेको छ ।

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);