काठमाडौँ ।
संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयवाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रश्तुत गर्नुहुने, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।




