गलत काम गर्नेविरुद्ध कुनै सम्झौता नगर्ने : प्रहरी प्रमुख पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गलत काम गर्नेविरुद्ध कुनै सम्झौता नगर्ने : प्रहरी प्रमुख पोखरेल

काठमाडौं, ५ फागुन ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख विश्वराज पोखरेलले राज्यलाई ठग्ने र गलत काम गर्नेविरुद्ध निर्दयीपूर्वक प्रस्तुत हुने चेतावनी दिएका छन् । काठमाडौंको सोह्रखुट्टेमा शनिबार आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख पाखरेलले गलत काम गर्नेविरुद्ध कुनै सम्झौता नगर्ने बताए ।

शान्ति सुरक्षा र शुसासन, जनमैत्री प्रहरी र प्रशासन भन्ने नारासहित सञ्चालित प्रहरी हाम्रो टोलमा कार्यक्रममा उपस्थितले प्रहरी प्रशासन निश्पक्ष नभएको र पहुचवालाको मात्रै कुरा सुन्ने गरेको गुनासो गरेपछि पोखरेलले निष्पक्ष र इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रहरी प्रशासन र जनप्रतिनिधि इमान्दार र भ्रष्टाचारमुक्त भए मात्रै जनताले परिर्वतनको महसुस गर्न सक्ने बताउनुभयो । अधिकार क्षेत्र भित्र रहेर सबै बर्ग र तहका जनतालाई सेवा दिन तयार रहेको भन्दै उनले प्रहरीसँगको सहकार्यमा अग्रसर हुन सर्वसाधारणलाई आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);