उत्कृष्ट काम गर्ने ६ जना प्रहरीलाई हरेक महिना 'काठमाडौं प्रहरी अवार्ड' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

उत्कृष्ट काम गर्ने ६ जना प्रहरीलाई हरेक महिना ‘काठमाडौं प्रहरी अवार्ड’

अवार्ड बैशाख महिनाबाट वितरण हुने –

काठमाडौं, १३ चैत । महानगरीय प्रहरी परिसर, काठमाडौंले आगामी बैँशाखदेखि ‘काठमाडौं प्रहरी अवार्ड’ प्रदान गर्ने भएको छ । काठमाडौं परिसर र त्यस मातहतका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षकदेखि प्रहरी जवानसम्मका उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जनालाई हरेक महिना नगदसहित काठमाडौं प्रहरी अवार्ड प्रदान गर्न लागिएको हो ।

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी अपेक्षा अनुसार शान्ति सुरक्षालाई दिगो र सुदृढ बनाउन प्रहरीहरुलाई नगदसहित सम्मान गर्ने योजना अघि सारिएको स्पष्ट पारेका छन् । उनले पुरस्कारले प्रहरीहरुमा थप उर्जा आउने र त्यसले शान्ति सुरक्षालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

 

उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी नायव उपरीक्षकलाई मासिक ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायव निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजारका दरले हरेक महिना पुरस्कार प्रदान गरिनेछ ।

 

उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी नायव उपरीक्षकलाई मासिक ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायव निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजारका दरले हरेक महिना पुरस्कार प्रदान गरिनेछ ।

यो अवार्ड बैशाख महिनाबाट वितरण हुनेछ । गुण्ढागर्दी, तस्करी, हुण्डी तथा जघन्य प्रकृतिको अपराधविरुद्ध सशक्त रुपमा काम गरी नेपाल प्रहरीको छवी उच्च राख्ने विशेष योगदान दिनेलाई सो अवार्ड प्रदान गरिनेछ ।

यसैबीच, पुरस्कारका लागि नगद राशीको व्यवस्था भने नेपाल बंगलादेश बैंकले निशर्त रुपमा गरिदिएको छ । मंगलबार एक कार्यक्रमका बीच महानगरीय प्रहरी परिसर काठमाडौको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक पोखरेल र बैंकका तर्फबाट कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाले सो पुरस्कारका लागि नगद १८ लाख ६० हजार एकमुष्ट रुपमा उपलब्ध गराउने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीका लागि निःशर्त नगद पुरस्कार उपलब्ध गराएको सहमति पत्रमा उल्लेख गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);