होटल सोल्टीबाट क्यासिनो खेलिरहेको अवस्थामा ८ जना नेपाली पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

होटल सोल्टीबाट क्यासिनो खेलिरहेको अवस्थामा ८ जना नेपाली पक्राउ

Casino

काठमाडौं, ५ वैशाख । क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा ८ जना नेपाली नागरिक पक्राउ परेका छन् । प्रहरीले मंगलबार राति काठमाडौंको होटल सोल्टीस्थित माजोङ क्यासिनोमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा ८ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौंका ४५ वर्षीय विनोद श्रेष्ठ, वर्ष ४२ का ओम कर्माचार्य, वर्ष २६ का तेन्जिङ मेलेक, वर्ष २२ का रञ्जित खड्गी, रहेका छन । त्यसैगरी ललितपुरका ३३ वर्षीय शंकर पौडेल र ३५ वर्षीय अरुण सेडाईँ, मकवानपुर हेटौडाका ३८ वर्षीय विकल्प पोखरेल र मुस्ताङका २७ वर्षीय सांगे पासाङ ठकुरी रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले पक्राउ परेकाहरुलाई आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । विशेष सूचनाको आधारमा मंगलबार राति करिव ११ बजेर २० मिनेट जाँदा क्यासिनोमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको परिसर प्रमुख पोखरेलले बताए ।

क्यासिनो नियमावली २०७० ले कुनै पनि नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा रोक लगाएको छ । तर पनि नेपालीहरु क्यासिनोमा जाने क्रम अझै नरोकिएको पनि प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);