भक्तपुरमा एउटै टहराबाट ५ सय लिटर मदिरा बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

भक्तपुरमा एउटै टहराबाट ५ सय लिटर मदिरा बरामद

सुबास चौलागाई

भक्तपुर, ६ माघ । भक्तपुर प्रहरीले घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको छ। भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका झौखेलका स्थानीय ४० वर्षिय लक्ष्मीप्रसाद सुजखुको घरबाट ५करिब ४ हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ र पाच सय लिटर घरेलु मदिरा बरामद गरेको हो ।

घरेलु मदिरा उत्पादन गरी बिक्री-वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा प्रहरीले सुजखुलको मदिरा बनाउने टहरामा छापा मारेको थियो। महानगरीय प्रहरी प्रभाग व्यासीका प्रहरी नायव उपरीक्षक वीरबहादुर भण्डारी नेतृत्वको टोलीले सुजखुको टहरा घेराबन्दी गरी खानतलासी गरेको परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

खानतलासीका क्रममा प्लाष्टिकका २ सय लिटरका २० वटा ड्रममा मदिरा बनाउने कच्चा पदार्थ भेटिएको थियो। मदिरा, कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडासहित सुजखुलाई नियन्त्रणमा लिइएको र कानुन बमोजिम कारवाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।जनलाई जग्गा हेर्न भनी पसलभन्दा करिब एक किलोमिटर पर विडोलफाँटस्थित धानखेतमा पु¥याइ त्यहाँ उनीमाथि कुटपिट गरेर उनको साथमा रहेको सुनको ब्रासलेट तथा मोबाइलसमेत लुटेर फरार भएका थिए ।

सोही घटनामा संलग्न तामाङलाई प्रहरीले पक्रेर आज सार्बजनिक हो । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काभ्रेको धुलिखेल नगरपालिका–१, मयुरपार्कबाट पक्राउ गरि भक्तपुर ल्रेयाइएको भक्तपुर प्रहरी प्रमुख तारा थापाले जानकारी दिनुभयो । तामाङलाई आवश्यक कारबाहीका लागी महानगरीय प्रहरी वृत्त जगाती राखिएको छ । 

भक्तपुरमा तास खेलिरहेका २४ जना पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका तास खेली रहेका १५ जना पक्राउ परेका छन । सूर्यविनायक नगरपालिका ६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा सुमन लगायत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ८९ हजार ९ सय ५० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरि आज सार्बजनिक हो।

यसैबीच भक्तपुर नगरपालिका १ दुधपाटीस्थित बिएम रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक सोही ठाउँ बस्ने ४१ वर्षीय बद्री कोजु लगायत ९ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ४ सय २० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा भक्तपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);