बाँकेमा १ हजार ५ सय लिटर लोकल मदिरा नष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८०, बिहीबार

बाँकेमा १ हजार ५ सय लिटर लोकल मदिरा नष्ट

बाँके, २७ असोज । बाँके प्रहरीले १ हजार ५ सय लिटर लोकल मदिरा नष्ट गरेको छ ।  वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरीक्षक नारायण डाङ्गीको नेतृत्वमा शनिवार विहान गएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–४ बाट ठुलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको हो ।

प्रहरीले मदिरा सहित ४० किलो कच्चा पदार्थ, १५ थान मदिरा उत्पादन गर्ने भाडा समेत वरामद गरेको छ । त्यसैगरी, नष्ट गरिएको मदिराको कच्चा पदार्थमा फोहोर खानेकुरा, कपडा, प्लाष्टिक कागज, बाँसी खानेकुरा, मरेका झिँगा, मौरी लगायत भेटिएको प्रहरीले जनाएको छ । नेपालगंज प्रहरीले अवैध मदिरा उत्पादन विक्रि गर्ने ठाउँमा कडा निगारानी वढाईरहेको छ ।