घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा रोक | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा रोक

चितवन, १० जेठ । चितवन प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । अभियान अन्तर्गत तीन दिनमा प्रहरीले ३१ घरबाट ९ सय ५० लिटर घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए।

भरतपुर महानगरपालिका–३, ४, १० र ११ बाट नियन्त्रणमा लिइएको मदिरा प्रहरीले नष्ट गरेको हो । प्रहरीले १८ हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ, १२ सेट मदिरा बनाउन प्रयोग गरिएका भाँडा, २ सय २० थान खाली भाँडा र ४६ जनालाई पनि पक्राउ गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);