चितवनमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवनमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट

चितवन, ३० फागुन । प्रहरीले पूर्वी चितवनको विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । ‘अप्रेसन एक टोल एक घण्टा’ अभियान अन्तरगत चितवन प्रहरीले पूर्वी चितवनको विभिन्न ठाउँबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो ।

पूर्वीचितवनको रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाको विभिन्न स्थानबाट एक हप्ताको अवधिमा प्रहरीले करिब एक लाख ७ हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको थियो ।

बरामद गरिएको सो अवैध मदिरा इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय, खैरहनी र इलाका प्रहरी कार्यालय भण्डारामा बिहीबार नष्ट गरिएको छ । मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि अखाद्य बस्तुहरु प्रयोग गरी बनाइएको घरेलु मदिरा बरामद गरि नष्ट गरिएको इलाका प्रहरी कार्यालय, टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

उक्त अप्रेसनको अवधिमा प्रहरीले ट्राफिक सचेतनासँगै १ सय ४२ जनालाई ट्राफिक कारबाही, शंकास्पद गतिविधि गर्ने १३ जनालाई नियन्त्रणमा लिनुको साथै अबैध तथा नियम विपरित ढुंगा, ग्रावेल बोक्ने ११ वटा ट्रिपर तथा ट्रयाक्टरलाई पनि कार्वाही गरेको छ ।

गुण्डागर्दी गर्ने, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्रीबितरण गर्ने, लागुऔषधको ओसारपोसार गर्ने, जुवाँतास, यौन क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले काम गरिरहेको उल्लेख गर्दै प्रहरी नायव उपरीक्षक ज्ञवालीले प्रहरीको सो काममा साथ दिन पनि स्थानीयलाई आग्रह गरे ।

इलाका प्रहरी कार्यालय टाँडीले संचालन गरेको अप्रेसनमा इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञवाली, प्रहरी निरिक्षक उमेश अमात्य, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक धनदेव साउँद, इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरिक्षक वसन्त आचार्यसहित ६० जना प्रहरीको टोली परिचालन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);