बाजुरामा मदिरा नियन्त्रणमा कडाई | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बाजुरामा मदिरा नियन्त्रणमा कडाई

मदन वि.क.,११ जेष्ठ बाजुरा ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न समयमा घरेलु मदिराका कारणले हुने क्षेतीबाट जोगाउन अवैध घरेलु मदिरा बरामत गरि नष्ट गर्ने क्रम जारी राखेको छ । अहिले स्थानीय तहको निर्वाचनका लागि विषेश सुरक्षाका साथ

बाजुरामा मदिरा नियन्त्रणमा कडाई

मदन वि.क.,११ जेष्ठ बाजुरा ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न समयमा घरेलु मदिराका कारणले हुने क्षेतीबाट जोगाउन अवैध घरेलु मदिरा बरामत गरि नष्ट गर्ने क्रम जारी राखेको छ । अहिले स्थानीय तहको निर्वाचनका लागि विषेश सुरक्षाका साथ सक्रिय भएको बाजुरा प्रहरीले मदिरा नियन्त्रण समेत गर्न सक्रिय भएको छ। सोही अनुसार बाजुरा जिल्लाका विभिन्न मतदान स्थलहरुको छड्के अनुगमन तथा निर्वाचन पुर्व स्थलगत अनुगमन गर्न गएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दलबहादुर बोगटीको सयुक्त टोलीले बुधबार विहान हिमाली गाँउपालिका साविकको बाँधु गाविसका विभिन्न होटल तथा पसलमा चेकजाँच गरि ६ सय ७५ लिट अवैध गरेलु मदिरा बरामत गरि नष्ट पार्न सफल भएको छ ।

अवैध घरेलु मदिराकै कारण पछिल्लो समयमा घरेलु हिसाँ बढ्दै गएको र स्थानीय तहको निर्वाचनमा समेत अवैध घरेलु मदिराको उत्पादन तथा मदिरा सेवनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाव्यापी रुपमा घरेलु मदिरा नष्ट पार्न र शान्ति सुरक्षा दिन प्रहरी परिचालन भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सधै जसो खाद्यन्न अपुग हुने यस जिल्लाका स्थानीयले अन्य आय आर्जन, उत्पादन गर्नु भन्दा पनि खुल्लम खुल्ला मदिरा विक्री वितरण गरी कारोवार गर्न व्यस्त देखिन्थे । अवैध घरेलु मदिरा उत्पादन र खुलम खल्ला विक्रि गर्ने र मदिरा सेवनको दर वृद्धि हुँदा समाजमा विभिन्न किसीमका घरेलु हिसाँ हुने गरेको पाईएको छ ।

 

स्थानीयले यसरी स्थानीय उत्पादनको प्रयोग गरेर अवैध घरेलु मदिरा उत्पादन गर्न थालेपछि यसलाई न्युनिकरण गर्न विगत १ वर्ष देखि प्रहरी प्रशासन कडाईका साथ सक्रिय भएर लागेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले स्थानीय तहको निर्वाचनमा सम्भावित घटनाहरुलाई न्युनिकरण गर्नका लागि विभिन्न समयमा अवैध घरेलु मदिरा बरामत गरी नष्ट पार्ने जारी राखेको छ ।

 

अहिले जिल्ला सदरमुकाम मार्तडीमा रहेका विभिन्न होटलहरुले राति ९ बजेपछि मदिरा विक्रि वितरण र सेवन गर्नेलाई कार्वाही गर्न थालेपछि सदरमुकाममा रहेका होटल व्यवसायीहरुले बेलुका ९ बजे पछी होटल पसल बन्द गर्ने गरेका छन् । बाजुरा जिल्लाका विभिन्न होटल तथा पशलहरुमा छापा मारी विगत १ वर्ष यता ५ हजार बढी अवैध घरेलु मदिरा वरामत गरि नष्ट पारेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);